राष्ट्रपति पौडेलद्वारा ४ वटा अध्यादेश जारी

काठमाडौं, २९ पुष । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार चारवटा महत्वपूर्ण अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेका हुन् ।
जारी गरिएका अध्यादेशहरू निम्न छन्ः
–सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१
–नेपाल कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश–२०८१
–नीजिकरण पहिलो संशोधन अध्यादेश–२०८१
–आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलेजा रेग्मी भट्टराईले उक्त जानकारी प्रदान गर्दै अध्यादेशहरूको उद्देश्य सुशासन प्रवद्र्धन, सार्वजनिक सेवा सुधार र नेपालको आर्थिक तथा व्यवसायिक वातावरणमा सुधार ल्याउने रहेको बताइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


