मधेश केन्द्रित दलहरूको संयुक्त कार्यदलको बैठक मंगलबार बस्ने

काठमाडौं, २९ पुष । मधेश केन्द्रित राजनीतिक दलहरूको मोर्चा गठनका लागि प्रयासरत कार्यदलको पहिलो बैठक भोलि (मंगलबार) बस्ने भएको छ ।
बैठक मंगलबार बिहान ११ बजे काठमाडौंको धुम्बाराहीस्थित समर्पण एकेडेमीमा आयोजना हुने जानकारी प्राप्त भएको छ ।
बैठकमा विभिन्न दलका नेताहरू सहभागी भई मोर्चा निर्माणको खाका, उद्देश्य र साझा एजेन्डाबारे छलफल गर्ने छन् । बैठकको मुख्य उद्देश्य मधेश केन्द्रित मुद्दाहरूमा एकजुट भइ राजनीतिक शक्ति निर्माण गर्नु हो ।
बैठकमा सहभागी हुने नेताहरूमा जनता समाजवादी पार्टीका रेणु यादव र ईस्तियाक राई, जसपा नेपालका राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका जितेन्द्र सोनल र सुरेन्द्र झा, जनमत पार्टीका अब्दुल खान र शरद यादव, जनप्रगतिशील पार्टीका शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टीका केशव झा र तराई मधेश लोकतान्त्रिक पार्टीका वृषेश चन्द लाल रहेका छन् ।
यस बैठकले आगामी दिनमा मधेश केन्द्रित दलहरूको मोर्चा निर्माणको दिशामा महत्वपूर्ण कदम चाल्ने अपेक्षा गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


