नागरिकता ऐनमा संशोधनको प्रस्ताव ल्याउने सरकारको निर्णय

काठमाडौं, २७ पुष । सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने निर्णय गरेको छ । यस संशोधन विधेयकमा विशेषगरी बाबुको पहिचान नखुलेका सन्तानलाई नागरिकता प्रदान गर्ने व्यवस्थाहरु प्रस्ताव गरिएको छ ।
विधेयक अनुसार यदि कुनै सन्तानको प्रमाणपत्रमा बाबुको नाम उल्लेख भए पनि बाबु सम्पर्कमा छैन वा बाबुको पहिचान प्राप्त गर्न सकिँदैन भने उक्त सन्तानलाई बाबुको पहिचान नभएको आधारमा नागरिकता दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
अझै यदि आमा विदेशमा रहेर जन्मिएका बालबालिकाका बाबु पहिचान भएका भए त्यसको आधारमा र पहिचान नभएमा आमाको नामको नागरिकताका आधारमा नागरिकता दिने प्रस्ताव गरिएको छ । यसका साथै बाबुको मृत्युका कारण पहिचान नभएका सन्तानलाई नागरिकता दिने व्यवस्था पनि विधेयकमा राखिएको छ ।
यस विधेयकमा नाबालक परिचयपत्रलाई पनि समेटिएको छ । नागरिकता प्राप्त गर्ने उमेर नभएका बालबालिकालाई नाबालक परिचयपत्रको आधारमा राज्यले राहदानी लगायतका सुविधाहरू प्रदान गर्नेछ ।
त्यसैगरी, एनआरएन नागरिकता प्राप्त गरेका व्यक्तिहरुलाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार दिने विषयलाई पनि ऐनमा स्पष्ट पारिएको छ ।
यस निर्णयले नागरिकता सम्बन्धी समसामयिक समस्याहरूलाई समाधान गर्दै नागरिकको हक अधिकारको रक्षामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


