मधेश प्रदेशमा ‘मदन भण्डारी फाउण्डेसन’को तदर्थ समिति गठन

महोत्तरी, २७ पुष । नेपाली कम्युनिष्ट आन्दोलनका नविन विचारक तथा जनताको बहुदलीय जनवादका प्रतिपादक जननेता मदनकुमार भण्डारीको स्मृतिमा गठित ‘मदन भण्डारी फाउण्डेसन’को मधेश प्रदेश समिति गठन भएको छ ।
शनिवार बर्दिबासमा सम्पन्न प्रदेशको विस्तारित बैठकले राज महम्मद रायको अध्यक्षतामा ५५ सदस्यीय प्रदेश तदर्थ समिति गठन गरेको हो ।
समितिले एक वर्षभित्रै प्रदेश अधिवेशनको आयोजना गर्ने योजना बनाएको छ । नेकपा (एमाले)का स्थायी कम्युनिटी सदस्य र मधेश प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा प्रदेशका आठवटै जिल्लामा आगामी ६ महिनाभित्र अधिवेशन र स्थानीय तहका समितिहरू गठन गर्ने निर्णय भएको छ ।
बैठकमा बोल्दै नेकपा (एमाले) का नेता लीलानाथ श्रेष्ठले मदनकुमार भण्डारीको वैचारिक योगदानको महत्त्वलाई रेखांकित गर्दै फाउण्डेसनलाई विचारका क्षेत्रमा अग्रसर हुनु पर्ने आवश्यकता औंल्याए ।
बैठकमा नेकपा (एमाले)का पोल्युटब्युरो सदस्य सुमनराज प्याकुरेल, अच्युत मैनाली, ज्वाला साह, केन्द्रीय सदस्य सरोजकुमार यादव र प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले मदन भण्डारीको योगदानले नेपाली कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक रूपमा अघि बढाउन मद्दत पुर्याएको बताएका छन् ।
फाउण्डेसनको उद्देश्य भनेको जननेता मदन भण्डारीको वैचारिक योगदानलाई फैलाउने र जनताको बहुदलीय जनवादको सिद्धान्तलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्नु रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


