सरकारले ल्यायो विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका

काठमाडौँ, २५ पुष । सरकारले विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्सिर ९ गतेको मन्त्रिपरिषद् बैठकको स्वीकृतिपछि सो निर्देशिका जारी गरेको हो ।
नयाँ निर्देशिकाको मुख्य उद्देश्य किशोर किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्य प्रवर्धन गर्नु, महिनावारी स्वास्थ्य व्यवस्थापनलाई थप सहज बनाउनु, स्वास्थ्य जीवनशैलीको प्रवद्र्धन गर्नु र आधारभूत स्वास्थ्य तथा पोषण सेवाको पहुँच विद्यार्थीहरूसम्म पुर्याउनु रहेको छ ।
यस निर्देशिकाले एक हजार भन्दा बढी विद्यार्थी संख्या रहेको विद्यालयमा कम्तिमा एक जना नर्स राख्नुपर्ने व्यवस्था गरेको छ । साथै, विद्यार्थी सङ्ख्या बढ्दै गएमा थप नर्स राख्ने व्यवस्था गरिएको छ ।
यस निर्देशिकाले विद्यालयमा स्वास्थ्य र नर्सिङ सेवाको स्तर सुधार्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । यसले विद्यार्थीहरूको समग्र स्वास्थ्य अवस्थालाई सुदृढ बनाउने छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


