काठमाडौँ, २४ पुष । निर्वाचन आयोगले नेपाल सद्भावना पार्टीको अध्यक्ष रामकुमार महतो सहितको ९१ सदस्यीय कार्यसमितिलाई अद्यावधिक गरेको छ । यस निर्णयसँगै पार्टीको कार्यसमिति कानूनी रुपमा वैधानिक सावित भएको छ ।

नेपाल सद्भावना पार्टीको ७औं महाधिवेशन गत मंसिर १, २ र ३ गते जनकपुरधाममा सम्पन्न भएको थियो । उक्त महाधिवेशनमा पार्टीका अध्यक्ष राम कुमार महतो र अन्य निर्वाचित तथा मनोनित सदस्यहरूको नाम सार्वजनिक गरिएको थियो ।

पार्टीको संस्थापक अध्यक्ष स्व. गजेन्द्र नारायण सिंहको प्रेरणाबाट अघि बढ्दै आएको नेपाल सद्भावना पार्टीको यस महाधिवेशनबाट नयाँ कार्यसमिति गठन गरिएको हो ।

त्यसैगरी, पार्टीको महाधिवेशन विरगञ्जमा गरिएका निर्णयहरूलाई खारेज गरिएको पनि उल्लेख छ ।

कार्यसमिति अद्यावधिक भएपछि अध्यक्ष महतोले सबै निर्वाचित पदाधिकारी र सदस्यलाई बधाई दिँदै उनीहरूको सफल कार्यकालको शुभकामना दिएका छन् ।