जनकपुरधाम, २२ पुष । नेपाल प्रजातन्त्र सेनानी संघ मधेश प्रदेशको अध्यक्षमा वरिष्ठ पत्रकार एवम् स्वतन्त्रता सेनानी रामभरत साह दोस्रो पटक निर्वाचित भएका छन् ।

संघको सोमबार सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट साहलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । संघको उपाध्यक्षमा ध्रुव प्रसाद साह र महेन्द्र साहलाई चयन गरिएको हो ।

यस्तै महामन्त्रीमा अरुण कुमार झा र प्रेम साह कानु, सह–महामन्त्रीमा विजय कुमार उपाध्याय, कोषाध्यक्षमा मनोज कुमार साह र प्रवक्तामा भागवत साह मनोनित भएका छन् ।

सदस्यहरुमा कमला सहगल, हरेन्द्र सिंह, विपीन मिश्र, नारायण अधिकारी, हरि नारायण चौधरी, कन्हैया भट्टराई, मो. कमरुद्विन शेख, ई. विनोद कुमार यादव, परमेश्वर साह, घनश्याम ढुङ्गेल, यमुना साह कानु, सितल प्रसाद यादव, हरेन्द्र सिंह, कृष्ण प्रसाद वाग्ले, व्रजेश कुमार यादव, दिव्य राज सुवेदी र वासुदेव यादवलाई सर्वसम्मत चयन गरिएको हो ।

नवनिर्वाचित अध्यक्ष साहले पार्टीको प्रत्येक गतिविधिमा प्रजातन्त्र सेनानी संघको भूमिका महत्वपूर्ण रहेको बताए ।