जनकपुर जेसिजको अध्यक्षमा मुकेश प्यानलसहित निर्वाचित

जनकपुरधाम, २० पुष । युवाहरुको क्षमता विकासमा काम गर्ने संस्था जनकपुर जेसिजको ४२औँ अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट जेसिजको अध्यक्षमा मुकेशकुमार साह निर्वाचित भएका छन् । शनिबार साँझ भएको निर्वाचनमा साह १२७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी उपेन्द्र कुमार साहले ५० मत ल्याए ।
कार्यकारिणी उपाध्यक्षमा ओमप्रकाश साह र मनोहर ठाकुर निर्वाचित भएका छन् ।
यसैगरी उपाध्यक्षमा राजेश ठाकुर, रामसोगारथ साह, अमरेन्द्र साह र सुबोध ठाकुर निर्वाचित भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष साहले महासचिवमा दिपक यादव, कोषाध्यक्षमा भवेश कुमार झा र कानूनी सल्लाहकारमा प्रशान्त झालाई चयन गरेका छन् ।
कूल १८१ मत खसेको जनकपुर जेसिजको निर्वाचनमा ४ वटा मत बदर भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


