२०६३ सालदेखि अहिलेसम्ममा मधेशबाट कति जना विदेश उडे ? (जिल्लागत विवरणसहित)

जनकपुरधाम, १९ पुष । मधेश प्रदेशबाट आर्थिक वर्ष २०६३/०६४ देखि २०८१/०८२ को मंसिर महिनासम्ममा १५ लाखभन्दा बढि युवायुवतीहरु वैदेशिक रोजगारीमा गएका छन् ।
सामी कार्यक्रम धनुषाका जिल्ला संयोजक सौरभ कर्णले उपलब्ध गराएको तथ्यांक अनुसार प्रदेशका आठवटै जिल्लाबाट यस अवधिमा कूल १५ लाख ७ हजार ४५ जना युवायुवतीहरु वैदेशिक रोजगारीमा गएका हुन् ।
जसअनुसार आर्थिक वर्ष २०६३/०६४ देखि ०७२/७३ को अवधिसम्ममा पर्साबाट २१ हजार ६६५, बाराबाट ३७ हजार ३६०, रौतहटबाट ३३ हजार १०१, सर्लाहीबाट ६ हजार ४६, महोत्तरीबाट १ लाख १४ हजार ४०३, धनुषाबाट १ लाख ३९ हजार ८८२, सिरहाबाट १ लाख ५ हजार ८८५ र सप्तरीबाट ७२ हजार ८३ जना गरि कूल ५ लाख ८४ हजार ४२५ जना युवायुवतीहरु वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका छन् ।
आर्थिक वर्ष २०७३/७४ मा पर्साबाट ६ हजार ८०, बाराबाट ३ हजार ५९३, रौतहटबाट ९ हजार ६७, सर्लाहीबाट १४ हजार ८३५, महोत्तरीबाट १५ हजार ९२३, धनुषाबाट २० हजार ७१८, सिरहाबाट १६ हजार १०८ र सप्तरीबाट १३ हजार ३९३ सहित कूल ९९ हजार ७१७ जना विदेश गएका छन् ।
आर्थिक वर्ष २०७४/७५ मा पर्साबाट ४ हजार ३, बाराबाट ६ हजार ३३२, रौतहटबाट ७ हजार १४२, सर्लाहीबाट १२ हजार २४०, महोत्तरीबाट १५ हजार ७६३, धनुषाबाट २२ हजार ५३३, सिरहाबाट १७ हजार १७१ र सप्तरीबाट ११ हजार २१५ सहित कूल ९६ हजार ३९९ जना विदेश गएका छन् ।
आर्थिक वर्ष २०७६/७७ मा पर्साबाट ३ हजार १३८, बाराबाट ५ हजार १८२, रौतहटबाट ५ हजार ३१५, सर्लाहीबाट ९ हजार ७४०, महोत्तरीबाट १३ हजार ८०८, धनुषाबाट २० हजार ३४१, सिरहाबाट १६ हजार ७७ र सप्तरीबाट ९ हजार ७५५ सहित कूल ८३ हजार ३५६ जना विदेश पुगेका छन् ।
त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा पर्साबाट १ हजार ४३१, बाराबाट २ हजार ३६०, रौतहटबाट २ हजार ४९१, सर्लाहीबाट ४ हजार ६५६, महोत्तरीबाट ८ हजार १०८, धनुषाबाट १२ हजार ६८९, सिरहाबाट ९ हजार ८८८ र सप्तरीबाट ४ हजार ९४ सहित कूल ४५ हजार ७१७ जना विदेश पुगेका छन् ।
आर्थिक वर्ष २०७८/७९ मा पर्साबाट ५ हजार ६९५, बाराबाट १० हजार ३४५, रौतहटबाट १२ हजार ६०७, सर्लाहीबाट २० हजार ३२, महोत्तरीबाट २८ हजार ९८९, धनुषाबाट ४१ हजार २९३, सिरहाबाट ३२ हजार २३३ र सप्तरीबाट १८ हजार ३२७ सहित कूल १ लाख ६९ हजार ५२१ जना विदेश पुगेका छन् ।
मधेश प्रदेशको पर्साबाट आर्थिक वर्ष २०७९/८० मा ७ हजार ८३१, बाराबाट १४ हजार ६१३, रौतहटबाट १५ हजार २९१, सर्लाहीबाट २४ हजार ३५, महोत्तरीबाट २८ हजार ८७१, धनुषाबाट ३९ हजार ५७९, सिरहाबाट २९ हजार ९२० र सप्तरीबाट २१ हजार ४७३ सहित कूल १ लाख ८१ हजार ६१३ जना विदेश उडेका छन् ।
त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा पर्साबाट ७ हजार १३५, बाराबाट १३ हजार ४२२, रौतहटबाट १३ हजार २१४, सर्लाहीबाट २१ हजार २४३, महोत्तरीबाट २७ हजार ३५०, धनुषाबाट ३९ हजार १०७, सिरहाबाट ३० हजार ९३० र सप्तरीबाट २० हजार ४६० सहित कूल १ लाख ७२ हजार ८६१ जना विदेश पुगेका छन् ।
आर्थिक वर्ष २०६३/०६४ देखि २०८०/८१ को अवधिसम्ममा सबैभन्दा बढि धनुषाबाट ३ लाख ३६ हजार १४२ जना, सिरहाबाट २ लाख ५८ हजार २१२ जना, महोत्तरीबाट २ लाख ५३ हजार २१५ जना, सप्तरीबाट १ लाख ७० हजार ८ सय जना, सर्लाहीबाट १ लाख ६६ हजार ८२७ जना, रौतहटबाट ९८ हजार २२८ जना, बाराबाट ९३ हजार २०७ जना र सबैभन्दा कम पर्साबाट ५६ हजार ९७८ जनासहित कूल १४ लाख ३३ हजार ६०९ जना वैदेशिक रोजगारीमा गएको तथ्यांक छ ।
त्यस्तै, चालू आर्थिक वर्ष २०८१/०८२ को ५ महिना (साउन देखि मंसिर)सम्ममा पर्साबाट २ हजार ८५२, बाराबाट ५ हजार ६४७, रौतहटबाट ५ हजार ३८६, सर्लाहीबाट ८ हजार ८११, महोत्तरीबाट १२ हजार १२८, धनुषाबाट १७ हजार ३७३, सिरहाबाट १३ हजार ४५३ र सप्तरीबाट ७ हजार ७८६ सहित जम्मा ७३ हजार ४३६ जना वैदेशिक रोजगारीका लागि पलायन भएका छन् ।
अहिलेसम्मको तथ्यांकलाई हेर्दा सबैभन्दा बढि धनुषाबाट ३ लाख ५३ हजार ५१५ जना, सिरहाबाट २ लाख ७१ हजार ६६५ जना, महोत्तरीबाट २ लाख ६५ हजार ३४३ जना, सप्तरीबाट १ लाख ७८ हजार ५८६ जना, सर्लाहीबाट १ लाख ७५ हजार ६३८ जना, रौतहटबाट १ लाख ३ हजार ६१४ जना, बाराबाट ९८ हजार ८५४ जना र सबैभन्दा कम पर्साबाट ५९ हजार ८३० जनासहित कूल १५ लाख ७ हजार ४५ जना युवायुवतीले विदेशमा आफ्नो पसिना बगाइरहेका छन् ।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्न थालेसँगै रेमिट्यान्स आप्रवाह पनि बढिरहेको देखिन्छ । आर्थिक वर्ष ०७६/७७ मा ८ खर्ब ७५ अर्ब ३ करोड, ०७७/७८ मा ९ खर्ब ६१ अर्ब ५ करोड, आर्थिक वर्ष ०७८/७९ मा १० खर्ब ७ अर्ब ३१ करोड, ०७९/८० मा १२ खर्ब २० अर्ब ५६ करोड र आर्थिक वर्ष ०८०/८१ मा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्सबापत नेपाल भित्रिएको तथ्यांक छ ।
यसअघि आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ६ लाख ३० हजार ९० जना वैदेशिक रोजगारीमा गएकोमा धनुषाबाट सबभन्दा बढि २२ हजार १७५ पुरुष र १९ हजार ११८ महिला गरी कूल ४१ हजार २९३ जना रहेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


