परीक्षा केन्द्रको विषयलाई लिएर राराब क्याम्पसमा तनाव

जनकपुरधाम, १६ पुष । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका विद्यार्थीहरूले मंगलबार परीक्षा केन्द्रको विषयलाई लिएर विवाद बढाउँदा प्रहरीसँग झडप भएको छ ।
राराव क्याम्पसमा अध्ययनरत बिबिएस पहिलो वर्षमा अध्ययनरत ५० प्रतिशत विद्यार्थीहरुको परीक्षा केन्द्र निजी कलेजमा पारिएको विरोधमा आज क्याम्पसका छात्रहरूले क्याम्पस प्रमुख प्रदिप कुमार प्रसादलाई ध्यानाकर्षण गराउन खोजेका थिए ।
उनीहरूले राराब क्याम्पसका विद्यार्थीहरूको परीक्षा अर्को केन्द्रमा पारिंदा समस्या भएको भन्दै होम सेन्टरको माग गर्दै आएका थिए । परीक्षा केन्द्र निजी कलेजमा पारिएको र प्रवेशपत्र पनि सोही ठाउँबाट लिनुपर्ने व्यवस्था गरेपछि विद्यार्थीहरूले आज क्याम्पसमा विवाद गरेका हुन् ।
विद्यार्थीहरूको विवाद मत्थर गर्न क्याम्पस प्रशासनले प्रहरी परिचालन गराएको थियो र सो क्रममा विद्यार्थीहरूमाथि प्रहरीले लाठीचार्ज गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


