पत्रकारहरुलाई रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्न सभामुख मण्डलको आग्रह

जनकपुरधाम, १५ पुष । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पत्रकारहरुलाई रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
सोमबार नेपाल पत्रकार महासंघ मधेश प्रदेश, धनुषा र महोत्तरी जिल्ला, केन्द्रीय परिषद् सदस्य एवम् केन्द्रिय समितिमा निर्वाचित पदाधिकारीहरूलाई मधेश प्रदेशसभा सचिवालयमा स्वागत तथा सम्मान गर्दै सभामुख मण्डलले सरकारविरुद्ध एकोहोरो ढंगले लाग्नुभन्दा रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।
‘कसैप्रति एकोहोरो खनिुभन्दा पनि रचनात्मक ढंगले विषयहरुलाई उठाउन लागे समाज र राष्ट्रका लागि पनि फाइदाजनक हुन्छ,’ मण्डलले भने, ‘तपाईहरु यसमा लाग्नुस् संसदका गतिविधि आम जनतामा पुगाउन पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ, त्यसका लागि सभामुखको हैसियतले हामी सहयोग गर्न तयार छौँ, गरि पनि रहेका छौँ ।’
सभामुख मण्डलले पत्रकारहरुमाथि सधैं प्रतिपक्षको जस्तो व्यवहार गर्ने गरेको आरोप लाग्ने गरेको उल्लेख गर्दै सरकार र संघीय संसदको काममा सहयोगी बन्न समेत आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


