जनकपुरधाम, १५ पुष । सुड़ी समाज कल्याण समिति जनकपुरधामको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।

सोमबार जनकपुरधाममा सम्पन्न समितिको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनबाट जीत नारायण भगतको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा रामउदार महासेठ, महासचिवमा मनोज कुमार महतो, सचिवमा प्रवीण कुमार महतो र कोषाध्यक्षमा फूल कुमारी साहलाई सर्वसम्मत चयन गरिएको निर्वाचन समितिका संयोजक लक्ष्मी नारायण भगतले जानकारी दिए ।

नवनिर्वाचित समितिको सदस्यहरुमा रागिनी साह, सियारानी महतो, सत्यनारायण महतो, गौरी शंकर साह, संजीव कुमार महतो र रीता देवी साह चयन भएका छन् ।

त्यस्तै, सल्लाहकार समितिमा कैलाश नायक, रघुनाथ महतो, विष्णु देव साह, जनक नन्दनी शरण, सोनेलाल साह, वेचन प्रसाद साह, बीना महतो, कञ्चन कुमारी साह, परमेश्वर साह, अरुणा पंजियार र उषा साहलाई मनोनयन गरिएको निर्वाचन समितिका सदस्य रघुनाथ महतोले जानकारी दिएका छन् ।