मधेश प्रदेशको प्रदेशसभा बैठक चाँडै बोलाउन जसपा नेपालको माग

जनकपुरधाम, १४ पुष । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेश प्रदेशको प्रदेशसभा बैठक बोलाउन माग गरेको छ ।
विगत लामो समयदेखि स्थगित रहेको बैठक नबोलाउँदा प्रदेशको जनसरोकारको विषय उठान नभएको भन्दै जसपा नेपाल मधेश प्रदेश संसदीय दलले प्रदेशसभा बैठक बोलाउन माग गरेको हो ।
जसपा नेपालका प्रदेशसभा सदस्य एवम् मधेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले तत्काल प्रदेशसभा बैठक बोलाएर विकास निर्माण लगायतका कामहरुलाई प्राथमिकतामा राख्न माग गरेका छन् ।
उनले आर्थिक वर्ष २०८१/०८२ को बजेटमा समावेश विकासे योजनाहरु हालसम्म सञ्चालनमा नआउँदा प्रदेशवासीका साथै जनप्रतिनिधिहरु मारमा परेकाले विनियोजन बजेट सञ्चालनमा ल्याउन समेत जसपा संसदीय दलको बैठकमार्फत माग गरिएको बताए ।उनले बजेट सञ्चालनमा ल्याउनका लागि पनि प्रदेश सरकारमाथी दवाब बनाइने जानकारी दिए ।
दलको बैठकबाट प्रदेशसभा सदस्य साहिदा खातुनमाथी भएको सांघातिक आक्रमणको भत्र्सना गर्दै दोषीलाई नियन्त्रणमा लिएर कडा कारवाही गर्नसमेत माग गरिएको छ ।
उनले भने, ‘निदाएको सरकारलाई अनौपचारिक र औपचारिक रुपमा पटक पटक अनुरोध गर्दा पनि अधिवेशन नबोलाउने र विपक्षी दलका कारण अधिवेशन बोलाउन नपाएको गलत प्रचार गर्ने, काम गरेको छ, सरकारले छरेको भ्रममा नपर्न हामी सबैलाई अनुरोध गर्दछौँ । यो सरकारको लज्जास्पद अवस्था हो ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


