काठमाडौं, १४ पुष । अंग्रेजी नयाँ वर्षको दिनमा जनमत पार्टीले धोती दिवस मनाउने भएको छ । पुस १७ (जनवरी १) मा जनमतले धोती दिवस मनाउने निर्णय गरेको हो ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले धोती दिवस मनाउने निर्णय भएको प्रवक्ता डा.शरदसिंह यादवले जानकारी गराए ।

आ–आफ्नो मौलिकता झल्कने गरी धोती, कुर्ता लगायतको पोशाक लगाएर कार्यक्रममा उपस्थित हुन जनमतले पार्टी पङ्तिमा निर्देशन दिएको छ ।

धोती दिवस सबै जिल्लामा मनाउने जनमतले जनाएको छ ।