सन्दिप युनभर्सिटीले उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने

जनकपुरधाम, १० पुष । भारतको सन्दिप युनभर्सिटीले नेपाली उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्ने भएको छ ।
युनभर्सिटीका रिजन म्यानेजर पंकज चौधरीले बुधबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै जनकपुरधाम र आसपासका विद्यार्थीहरुलाई परीक्षामाफर्त उत्कृष्ट विद्यार्थीलाई नगद सम्मान गर्ने जानकारी दिएका हुन् ।
उनले फागुन १० गते इच्छुक नेपाली विद्यार्थीहरुको जनकपुरधाममै परीक्षा लिने र उत्कृष्ट हुने प्रथम विद्यार्थीलाई २१ हजार नगद पुरस्कार प्रदान गर्ने जानकारी दिए । चौधरीले परीक्षामा उत्कृष्ट भएका १० जनालाई समेत पुरस्कारको रुपमा रकम व्यवस्था गरिएको जानकारी दिए । जसअन्तर्गत द्धितियलाई १५ हजार, तेस्रो हुनेलाई ११ हजार ,चौथोलाई ८ हजार र पाँचौ देखि १०औँ स्थान ल्याउनेलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।
उनले सो परीक्षाबाट उत्कृष्ट भएकाहरु सन्दीप युनभर्सिटीमा नामांकन गराएमा तत्कालै २५ प्रतिशत शुल्कमा छुट दिईने बताउँदै इभी ल्याव, एआई र मेसीन लर्निङ्ग सम्वन्धि एक हप्ताको तालिम निशुल्क दिईने बताए । त्यसैगरि प्रथम वर्षको ट्युसन फिमा १५ प्रतिशत छुट समेत दिइएको चौधरीले बताए ।
कम्युटर साइन्स इन्जिनियरिङ, लाईवे्ररी एण्ड इन्फरमेशन साईन्स, एग्रीकल्चर साइन्स, कर्मस एण्ड मेनेजमेन्ट स्टडीज, एजुकेसन, इन्जीनियरिङ एण्ड टेक्नोलोजी लगायतको विषय पढाई हुँदै आएको युनिभर्सिटीको भारतमा नाशिक(महाराष्ट्र) र सिजौल(मधुवनी) गरि दुई ठाउँमा रहेको विद्यालयमा पढाई हुँदै आएको छ ।
कक्षा १२ मा अध्ययनरत नेपाली विद्यार्थीहरुका लागि सन्दीप प्रतिभा सम्मान २०२५ नाम दिइएको यी योजना अन्तर्गत पुरस्कार, छात्रवृतिसँगै फागुन १० गतेका दिन सहभागी विद्यार्थीहरुको परीक्षा लिइने जानकारी दिदैं चौधरीले विद्यार्थीलाई पुरस्कार जित्ने मौकासहित आगामी अध्ययनका लागि प्रोफोम गर्न सक्ने क्षमताको पहिचान समेत हुने भएकाले यसमा सहभागी हुन र गराउन विद्यार्थी तथा शिक्षक अभिभावकहरुसँग आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


