मोडर्न नेपाल इङ्गलिश बोर्डिङ्ग स्कुलमा तुलसी पूजन दिवस मनाइयो (फोटोफिचर)

जनकपुरधाम, १० पुष । जनकपुरधामस्थित मोडर्न नेपाल इङ्गलिश बोर्डिङ्ग स्कुलले आज तुलसी पूजन दिवस मनाएको छ ।
विद्यालयका प्रधानाध्यापक दिपक ठाकुरले सनातन धर्म, संस्कृतिको पछिल्ला परम्परालाई जीवन्त राख्न तथा बालबालिकाहरुलाई यसको महत्वबारे बुझाउन तुलसी पूजन दिवस मनाइएको बताए ।
उनका अनुसार परापूर्वकालदेखि २५ डिसेम्बर अर्थात् मार्ग शुक्ल चतुर्थीको दिन तुलसी पूजन दिवस मनाउने दिन भएकोले आफ्नो विद्यालयका छात्रछात्राहरुले आयातित परम्परा भन्दा तुलसी पूजन दिवस मनाएको हो ।
हिन्दु धर्ममा तुलसीको बोटलाई अति पवित्र बोटको रुपमा मानिन्छ । नियमित रुपमा तुलसी पूजा र दर्शनले समस्त पाप नष्ट मान्यता र जनविश्वास रहिआएको छ । घरमा तुलसीको बोट भएपछि त्यहाँ त्रिदेव अर्थात ब्रम्हा, विष्णु र महेश विराजमान हुने धार्मिक विश्वास छ ।
प्रविधिसँगै बढदै गएको कुरिति, कुसँस्कार, गैर परम्पारिक गतिविधिको बीचमा सनातनको परम्परा, महत्वबारे बुझाउन बालबालिकाहरुलाई विद्यालयको ग्राउण्डमा जम्मा गरी तुलसी पूजन गर्दै तुलसी र तुलसी पूजनको महत्वबारे प्रकाश पारिएको थियो ।
विद्यालयमा अध्यापन गराउने शिक्षिकाहरुले तुलसी पूजनको महत्व, तुलसी पूजनको वैज्ञानिक कारण, लाभ तथा धर्म संस्कृतिमा तुलसीको महत्व बारे दर्साएका थिए । बालबालिकाहरुलाई घरमा नियमित तुलसी पूजन र दर्शनको लागि समेत आग्रह गर्दै अभिभावकलाई पनि तुलसीको महत्वबारे बुझाउन सिकाईएको थियो ।
तुलसी पूजनका लागि विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरुले रँगोली बनाउँदै विद्यालय ग्राउण्डमा विधिवत रुपमा पूजाआजा गरी तुलसी पूजन दिवस मनाएका हुन् ।
नीजि विद्यालयले धर्म, संस्कृति र परम्परालाई जीवन्त राख्न गरेको यस प्रयासलाई चौतर्फी प्रशंसा गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


