हंसपुर नगरपालिकामा तालाबन्दी

जनकपुरधाम, ९ पुष । धनुषाको हंसपुर नगरपालिकामा तालाबन्दी गरिएको छ ।
पूर्वउपमेयर रेणु झाको विशेष सक्रियतामा मंगलबार नगरपालिका कार्यालयको मुख्यद्वारमा तालाबन्दी गरिएको हो ।
हंसपुर नगरपालिकास्थित बघचौराको विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक बीच विवाद जारी रहेको अवस्थामा विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको उनको आरोप छ ।
नगरपालिकाले समस्याको समाधान यथाशीघ्र नगरे तालाबन्दी जारी रहने नेतृ झाले चेतावनी दिएकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


