जनकपुरधाम, ८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को शनिबार भएको अन्तिम खेलमा काठमाडौंमा जनकपुर बोल्ट्सका समर्थकहरुमाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको फाइनल खेलमा जनकपुर बोल्ट्स जितेपछि सुदूरपश्चिमका समर्थक रहेका बैतडी जिल्लाका २१ बर्षीय अशोक साउद र गणेश साउदलाई किर्तिपुर प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई आइतबार किर्तिपुरबाटै पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

शनिबारको अन्मित खेल सकिएपछि सुदूरपश्चिका केही उच्छृँखल र अराजक फ्यानहरुले मधेशी समुदायका युवकहरुमाथि सम्प्रदायिक तवरले आक्रमण गरेको थियो । यो घटनामा अन्यको भिडियो समेत सार्वजनिक भएको छ । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।