राराव क्याम्पस प्रमुखका लागि ५ जनाको नाम सर्ट लिष्टमा

जनकपुरधाम, ७ पुष । त्रिभुवन विश्वविद्यालयले देशको विभिन्न क्याम्पसहरुमा प्रमुख बनाउन प्रक्रिया अगाडी बढाएको छ ।
जनकपुरधामको रामस्वरुप रामसागर बहुमूखी क्याम्पसको प्रमुखका लागि ५ जनाको नाम सर्ट लिष्टमा रहेको छ ।
क्याम्पस प्रमुखका लागि सर्ट लिष्टमा परेकाहरुमा सहप्राध्यापक डा. रञ्जनकुमार सिंह, उपप्राध्यापक रेमन्त मोरबैता, प्राध्यापक वसन्तकुमार कर्ण, उपप्रध्यापक डा. विनोदकुमार लाल कर्ण र उपप्राध्यापक डा. विपिनकुमार राय रहेका छन् ।
सर्ट लिष्टमा परेका मध्ये एक जनालाई क्याम्पस प्रमुख बनाउने त्रिविका एक अधिकारीले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


