सामप्रदायिकता फैलाउने जोकोहिलाई पनि कारवाहीको दायरामा ल्याउनु पर्छ : अनेरास्ववियू नेता साह

जनकपुरधाम, ७ पुष । अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्ष तथा युवा नेता सूर्यनारायण साहले सामप्रदायिकता फैलाउन खोज्ने जोसुकैलाई पनि कानूनी कारवाही गर्नुपर्ने माग गरेका छन् ।
नेता साहले सञ्चारकर्मीहरुसंग आफ्नो प्रतिक्रिया दिंदै मधेशीमाथि अपमानजनक शब्द बोल्ने र आक्रमण गर्ने व्यक्तिलाई कारवाही गर्न माग गरेका हुन् ।
मधेशी सभ्यतामा असर पर्ने खालका शब्द प्रयोग गरि अपशब्द बोल्ने जोकोहीलाई पनि कानुनको दायरामा ल्याउनु पर्ने र सचेत गराउनु पर्ने उनको माग छ ।
शनिबार भएको एनपीएल खेलको विजेता जनकपुर बोल्ट्सलाई लक्षित गरेर केहि व्यक्तिहरुले अनावश्यक शब्दहरु प्रयोग गरि सामाजिक सञ्जाल तथा अन्य स्थानमा मधेशको प्रतिष्ठामाथि खलल पुर्याउने खालका शब्दहरु प्रयोग गरेकोप्रति नेता साहले विरोध जनाएका छन् ।
मधेशीलाई विभिन्न तरिकाले होच्याउने, अपमान गर्ने, तल देखाउने, बेइज्जत गर्ने, कुटपिट गर्ने जस्ता कार्यहरु गरेको भन्दै यथाशिघ्र कारवाही गर्नुपर्ने साहको सम्बन्धित निकायसँग माग छ ।
मुलुकी फौजदारी संहिता, २०७४ को राज्य विरुद्धका कसूरअन्तर्गत दफा ४९ (४) विभिन्न जातजाति वा सम्प्रदायबीचको सुसम्बन्ध खलल गर्नु वा गराउनु हुँदैन भन्ने उल्लेख भएको सोही ऐनको सार्वजनिक शान्ति विरुद्धको कसूर अन्तर्गत दफा ६५ (१) मा कसैले लेखेर, वचनले वा आकार वा चिन्हद्वारा वा अरु कुनै किसिमबाट धर्म, वर्ग, जातजाति, सम्प्रदाय वा भाषाको आधारमा नेपालको विभिन्न वर्ग, क्षेत्र वा समुदायका व्यक्तिहरुका बीचको सुसम्बन्धमा खलल पार्ने काम गर्न हुँदैन” भन्ने व्यवस्था गरेको देखिन्छ ।
तर यो व्यवस्थालाई उल्लङ्घन गर्दै फाइनल खलको विजेता जनकपुर बोल्ट्सका समर्थकहरुलाई काठमाडौंमा अपमानजनक शब्द प्रयोग गर्दै रड प्रहार गरि कुटपिट गर्नु निन्दनीय रहेको बताउँदै साहले दोषीलाई शिघ्र कारवाहीको माग गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


