मोनाष्टिकको ३९औं वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान

जनकपुरधाम, ६ पुष । जनकपुरधामको प्रख्यात मोनाष्टिक आवासिय माध्यमिक विद्यालयले आफ्नो ३९औं वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
करुणा र सामुदायिक सेवाको मूल्यमान्यतालाई मूर्तरुप दिँदै रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । सो बृहत रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेको मोनाष्टिकका निर्देशक डाक्टर सोनु साहले जानकारी दिए ।
उनले सो संख्यामा गरिएको रक्तदानले जीवन बचाउन र अर्थपूर्ण प्रभाव पार्न योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
उनले यस निःस्वार्थ कार्यका लागि पहल र समर्थन गर्ने सबैलाई धन्यवाद दिंदै आफूहरुले प्रेरणा र सकारात्मक भिन्नता सिर्जना गर्न जारी राख्नेसमेत बताएका छन् ।
अहिले विभिन्न रोगहरुको प्रकोपका कारण रगत अभाव भएको अवस्थामा विभिन्न अस्पतालबाट रगत लिन आउनेहरु निराश भएर र्फकन बाध्य भएको बेला मोनाष्टिकले आफ्नो ३९औं वार्षिकोत्सव पारेर रक्तदान आयोजना गरेको बताए ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


