जनकपुरधाममा दुई दिवसिय अन्तर्राष्ट्रिय रामायण कन्क्लेव

जनकपुरधाम, ६ पुष । जनकपुरधाममा आजदेखि दुई दिवसिय अन्तर्राष्ट्रिय रामायण कन्क्लेव सुरु भएको छ । जानकी मन्दिरको परिसरमा शनिबार र आइतबार कन्क्लेव आयोजना भइरहेको छ ।
भारतको उत्तरप्रदेश सरकारको पर्यटन विभाग, जानकी मन्दिर र जनकपुरधाम उपमहानगरपालिकाको संयुक्त आयोजनामा जानकी जन्मभूमि जनकपुरधाममा अन्तर्राष्ट्रिय रामायण कन्क्लेवको आयोजना भइरहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिए ।
कन्क्लेवमा भजन सम्राट पद्मश्री अनुप जलोटा, पद्मश्री मालिनी अवस्थी, चिराग जैन, सुफलता त्रिपाठीको भजन सन्ध्या कार्यक्रम सम्पन्न भएको छ । मिथिला नाट्यकला परिषदले जानकी लीला र मथुराको बमर सिया र धोबियाले लोकनृत्य प्रस्तुत गरेको छ ।
शनिवार दिउँसो ३ बजेदेखि सुरु भएको उक्त कन्क्लेवको पहिलो सत्रमा रामायण समागम अन्तर्गत भारतका जगतगुरु विद्या भाष्कर महाराज, सन्त सुखदेव दास, बालक दास र नेपालका स्वामी डा. पुरुषोत्तम आचार्य, रामानन्द महाराजसहित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको सहभागिता रहेको थियो ।
दोस्रो दिनको सत्रमा आइतबार भजन सम्राट पद्मश्री अनुप जलोटा, पद्मश्री मालिनी अवस्थी, चिराग जैन, सुफलता त्रिपाठीको भजन सन्ध्या कार्यक्रम हुनेछ ।
भारत सरकारको रामायण सर्किट अन्तर्गतको मार्गमा जनकपुरधाम पनि समावेश छ । उत्तरप्रदेशको अयोध्या र जनकपुरधामबीच त्रेतायुगकालीन सम्बन्ध रहेको छ । त्रेतायुगमा भगवान रामले भगवान शिवको धनुषलाई भंग गरेपछि मिथिलाकी युवराज्ञी सीतासित विवाह सम्पन्न भएको थियो ।
भारत सरकारले रामायणमा आधारित धार्मिक, सांस्कृतिक महत्व भएका स्थलहरुलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न रामायण सर्किट बनाएको छ । रामायण सर्किटको प्रमुख स्थानहरु मध्ये जनकपुरधाम र धनुषाधाम एक हो । विश्वव्यापी मर्यादा पुरुषोत्तम राम अन्तर्राष्ट्रिय रामायण काँन्क्लेव जनकपुरधाम समेत भारतको ६ राज्य र श्रीलंकामा समेत गरी १० स्थानमा आयोजना गरिनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


