जनकपुरधाम, ६ पुष । विकास पुरुष स्वर्गीय मकेश्वर प्रसाद सिंहको १४औं स्मृति दिवस विशेष समारोहका बीच मनाइएको छ ।

सो अवसरमा मकेश्वर बाबु उत्कृष्ट सामाजिक सेवा पुरस्कार चर्चित गीतकार अशोक दत्तलाई प्रदान गरिएको हो । पुरस्कारमा नगद ७ हजार ५सय, दोसल्ला र सम्मानपत्र रहेको छ । दत्तको साहित्यिक योगदानका लागि उनलाई सम्मानित गरिएको छ । दत्त हाल क्यान्सर रोगबाट पीडित छन् ।

समारोहमा पूर्वमन्त्री रामकृष्ण यादव, प्रदेश सांसद रामअशिष यादव, पूर्वमेयर बजरंगप्रसाद साह, समाजसेवी प्रकाशचन्द्र साह र अमरचन्द्र अनिल लगायतकाले स्व. सिंहको विकास कार्य र समाजप्रतिको योगदानको चर्चा गरेका थिए ।

संस्थाका अध्यक्ष रितेश सिंहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष कृष्ण कुमार दीक्षितले दिएका थिए भने कार्यक्रमको संचालन संस्थाका सचिव दीपेन्द्र सिंहले गरेका थिए ।