धनुषा प्रहरीले मंसिर महिनामा के–के गरे ?

जनकपुरधाम, ४ पुष । जिल्ला प्रहरी कार्यालय धनुषा तथा मातहतका कार्यालयमा एक महिनाको अवधिमा ९९ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये १८ वटा फर्छयौट भएको र ७३ वटा अनुसन्धान प्रक्रियामा रहेका छन् ।
२०८१ मंसिर महिनाभरको अवधिमा फैसला कार्यान्वयन तर्फ ७९ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।
उनले कैद १२ वर्ष २३ महिना २८७ दिन र जरिवानाबापत १ करोड ३५ लाख २६ रुपैयाँ भुक्तान भएको बताए । त्यस्तै, ६९ लाख ७० हजार ३ सय ३२ रूपैयाँ बराबरका भन्सार/राजश्व छली नियन्त्रण तर्फ सामान र सवारी साधन बरामद गरी आवश्यक कारवाहीको लागि सम्बन्धीत भन्सार/राजश्व अनुसन्धान/आन्तरीक राजश्व कार्यालमा पठाइएको जानकारी दिए ।
लागुऔषध ओसारपसार कार्यमा संलग्न ५ जना मानिसलाई नियन्त्रणमा लिनुका साथै ब्राउन सुगर ७.३१ ग्राम बरामद गरी ३ वटा मुद्दा दर्ता गरिएको, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा ३७८ वटा उजुरी परेकोमा सहमती भएको ३४६ वटा र अनुसन्धान प्रक्रियामा ३२ वटा रहेको एसपी तिवारीले बताए ।
उजुरी तथा छानवीन शाखामा दर्ता भएको १८० उजुरी मध्ये १२८ फर्छयौट गरिएको र अनुसन्धान प्रक्रियामा ५२ वटा रहेको उनले बताए । त्यस्तै, हराएका व्यक्तिहरूको खोजतलास अभियान अन्तर्गत १०६ जना हराएको मध्ये ७० जनालाई खोज तलास गरि अभिभावकको जिम्मा लगाई पठाइएको (पहिला निवेदनको समेत फेला परेको) र ३६ जनाको खोजतलाश भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्राकृतिक श्रोत साधनको दोहन विरूद्धको अभियान अन्तर्गत नदीजन्य पदार्थ उत्खनन् गर्ने ९ वटा सवारी साधन नियन्त्रणमा लिई सम्बन्धित स्थानीय तहमा पठाइएकोमा ४५ हजार रुपैयाँ जरिवाना भएको, अवैध घरेलु मदिरा ५७५ लिटर बरामद गरी आवश्यक कारवाहीको लागि आन्तरीक राजश्व कार्यालय जनकपुरधाममा पठाइएको, सवारी नियम उल्लंघन गर्ने १ हजार ९७४ वटा सवारीबाट १४ लाख ६७ हजार जरिवाना असुल गरी ट्राफिक कानुन कार्यान्वयनमा कडाई गरिएको बताइएको छ ।
सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक नियम सम्बन्धि २३५ वटा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरि १५ हजार ७६५ जना लक्षित व्यक्तिहरुलाई प्रशिक्षित गरिएको, इन्टरनेट सेवा प्रदायक विभिन्न संस्थाहरूसंग समन्वय गरी सीताराम विवाह पञ्चमी मेलामा धनुषा जिल्लाको २२ स्थानमा निःशुल्क इन्टरनेट सेवा प्रदान गरिएको, सार्वजनिक विदाको दिनमा पास बिना चलाएका सेतो प्लेटका सरकारी सवारी साधन विरुद्ध कारवाहीमा ८ वटा सरकारी सवारी साधनहरु नियन्त्रणमा लिई पास बिना नचलाउने सर्तमा सम्बन्धित सवारी चालकहरुको जिम्मा लगाई पठाइएको, ध्वनि प्रदुषण नियन्त्रण गर्ने अभियान अन्तर्गत विभिन्न मितिमा विभिन्न स्थानबाट ३१५ प्रेशर हर्न निकाली सवारी चालकहरुलाई प्रेशर हर्न प्रयोग नगर्न सम्झाई बुझाई समेत गरिएको धनुषा प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


