बिओपी मटिहानीद्वारा तीन महिनाको अवधिमा लाखौं अवैध रकम बरामद

जनकपुरधाम, २५ मंसिर । सशस्त्र प्रहरी सिमा सुरक्षा बल मटिहानीले तीन महिनाको अवधिमा लाखौं प्रतिबन्धित नोटसहित मानिसहरुलाई पक्राउ गरेको छ ।
गत असोजदेखि मंसिर २४ गतेसम्मको अवधिमा १९ लाख ५० हजार ९९५ रुपैयाँ प्रतिबन्धित नोटसहित मानिसहरुलाई पक्राउ गरिएको हो ।
मंसिर २४ गते सोमबार महोत्तरीको मटिहानी नगरपालिका–८ गान्धि गल्लिमा सशस्त्र प्रहरी सिमा सुरक्षा बल मटिहानीबाट खटेको टोलिले भारतबाट नेपालतर्फ आउँदै गरेको साईकल यात्री भारतको मधुवनी जिल्ला मधवापुर ग्राम पञ्चायत–३ बस्ने ५० वर्षीय महेश प्रसादलाई चेकजाँच गर्ने क्रममा पक्राउ गरेको थियो ।
पक्राउ परेका उनको साथबाट नेपाली ३ लाख ५० हजार ९९५ र भारतिय ४३० रुपैयाँ अवैध रकम बरामद भएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल मटिहानीका सशस्त्र प्रहरी निरीक्षक रमेश पाण्डेले जानकारी दिए ।
यसअघि सोही टोलिले गत असोज १७ गते १० लाख र कात्तिक २ गते ६ लाख अवैध नेपाली रुपैयाँसहित मानिसहरुलाई नियन्त्रणमा लिई सम्बन्धित कार्यालयमा बुझाएको थियो ।
चेकजाँचको क्रममा प्रतिबन्धित नोटसहित मानिसहरु पक्राउ परेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


