एभरेष्ट बेसक्याम्प अवलोकन गरेर स्वदेश फर्किए शिखर

काठमाडौं, २३ मंसिर । नेपाल प्रिमियर लिए (एनपिएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले आइतबार एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका छन् ।
धवनसहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीले एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका हुन् । उनीहरुले ३–४ घन्टा एभरेष्ट बेसक्याम्पमा बिताएका थिए ।
एभरेष्ट बेसक्याम्पको अवलोकनपछि शिखर आइतबार साँझ एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किएका छन् । यसअघि उनले एनपिएलका क्रममा पशुपति नाथको दर्शन गरेका थिए । शिखरले आउँदो मार्चमा नेपालको भ्रमणमा आउने चाहना व्यक्त गरेका छन् ।
कर्णालीबाट ४ खेल खेलेका शिखरले एक अर्धशतकसहित १३६ रन बनाए । भारत फर्किएका उनले नेपालमा एनपिएल खेल्दा राम्रो अनुभव भएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


