अस्पतालका कर्मचारी झ्यालमा बाँधिएको अवस्थामा मृत फेला

सप्तरी, २३ मंसिर । सप्तरीको राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको भवनको झ्यालमा बाँधिएको अवस्थामा एकजना कर्मचारी मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत अन्दाजी ४५ वर्षीय सुधीर कुमार झा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपिरक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
उनी कार्यरत अस्पताल र घटनास्थल करिब एक किलोमिटर दुरीमा पर्छ । झ्यालमा बाँधिएको झाको दुवै खुट्टा भुईँमा देखिएकाले घटना शङ्कास्पद देखिएको छ ।
आइतबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


