रवि लामिछानेविरुद्ध ४ दिन म्याद थप

काठमाडौं, २३ मंसिर । सहकारी ठगी आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध ४ दिन म्याद थप भएको छ ।
कास्की जिल्ला अदालतले आइतबार उनीमाथि थप अनुसन्धानका लागि प्रहरीलाई थप ४ दिन म्याद दिएका हो ।
लामिछानेलाई थप १३ दिन हिरातसमा राख्न प्रहरीले अनुमति मागेको थियो । लामिछाने कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।
त्यसयता उनीविरुद्ध पटक पटक म्याद थप भएको छ । लामिछानेविरुद्ध, चितवन, बुटवल, काठमाडौँ र पर्सामा समेत पक्राउ पुर्जी जारी भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


