जनकपुरधाम, १७ मंसिर । साताव्यापी श्री सीताराम विवाहपञ्चमी महामहोत्सवको दोस्रो दिन सोमबार फूलवारी लीला सम्पन्‍न भएको छ।

महोत्सवअन्तर्गत सोमबार दोस्रो दिन फूलवारी लीला विधि गरिएको हो ।

जानकी मन्दिरको छेउमै रहेको विवाह मण्डपमा एक समारोहकाबीच फूलवारी लिला कार्यक्रम गरिएको छ।

राम र सीताबीच एकान्तमा भेटघाट गराइने कार्यक्रमलाई फूलबारी लिला भनिन्छ। त्रेताकालमा सीता र रामको पहिलो भेट यही भएको मान्यता रहेको छ ।

राम र सीताबीच पहिलो पटक बगैंचामा भेटघाट भएको पौराणिक कथाको आधारमा फूलवारी लिला कार्यक्रम गर्ने प्रचलन रहेको जानकी मन्दिरका उत्तराधिकार महन्थ रामरोशन दासले बताए ।

फूलबारी लिला हेर्न हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरूको भीड थियो।

महोत्सवको तेस्रो दिन मंगलबार धनुष यज्ञ, बुधबार तीलकोत्सव, बिहीबार मटकोर, शुक्रबार स्वयमबर तथा शुभ विवाह र शनिबार रामकलेवा गरी विवाहपञ्‍चमी महामहोत्सवको समापन गरिने छ ।