मोनाष्टिकका ३४ जना छात्रछात्राद्वारा एनसीसी क्याडेटको तालिम सफलतापूर्वक सम्पन्न

जनकपुरधाम, १५ मंसिर । नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित जुनियर डिभिजन National Cadet Corps (NCC) तालिमको दीक्षान्त कवाज सम्पन्न भएको छ ।
एनसीसी तालिम केन्द्र याङ्सिला, कालापानी मोरङमा भएको समारोहमा तालिम पूरा गरेका १५ विद्यालयका ५२७ जना क्याडेट छात्रछात्राहरु दीक्षित भएका हुन् ।
समारोहमा जनकपुरधामस्थित मोनाष्टिक आवासिय माध्यमिक विद्यालयका ३४ जना (१७ छात्र र १७ छात्रा) ले एनसीसी क्याडेटको तालिम सफलतापूर्वक सम्पन्न गरेका छन् । उनीहरुले एनसीसी क्याडेटहरूको रूपमा एकसय दिनको कठोर तालिम (स्कूलमा ७९ दिन र बन्द शिविरमा २१ दिन) सफलतापूर्वक पूरा गरेका हुन् ।
उनीहरूले ५०औँ ब्याच, जुनियर डिभिजन, राष्ट्रिय क्याडेट कोर (एनसीसी) को रूपमा स्नातक गरेका छन् ।
एनसीसी वार्षिक शिविर–२०८१ मा मोनाष्टिकका विशेष मिश्र उत्कृष्ट क्याडेट (छात्र), जुनियर विधामा सम्मानित भएका छन् । त्यस्तै, सोनी प्रधानले असाधारण सीप प्रदर्शन गर्दै मोडल ब्रिफिङ (छात्रा) मा तेस्रो स्थान हासिल गरिन् ।
मोनाष्टिक आवासिय माध्यमिक विद्यालयका निर्देशक डाक्टर सोनु साहले भने, ‘हाम्रा क्याडेटहरूलाई भोलिको अनुशासित र जिम्मेवार नेताहरू बनाउनका लागि उनीहरूको समर्पण र मार्गदर्शनको लागि नेपाली सेनालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’
उनले यस तालिमले अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाहरुप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउने विश्वाससमेत व्यक्त गरे ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


