सप्तरीका सबै मतदान केन्द्र अति संवेदनशील सूचीमा

सप्तरी, १३ मंसिर । मंसिर १६ गते हुने उपनिर्वाचनमा सप्तरी जिल्लाका सम्पूर्ण मतदान केन्द्रहरु अति संवेदनशील सूचीमा परेका छन् ।
सप्तरीको डाकनेश्वरी नगरपालिका–१ र ४ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले डाकनेश्वरी नगरपालिका–१ को एक मतदान स्थलमा तीन मतदान केन्द्र र वडा नम्बर ४ को एक मतदान स्थलमा दुई मतदान केन्द्र कायम गरिएको जानकारी दिए । यी दुवै मतदान स्थल सुरक्षाका दृष्टिकोणले विगतदेखि नै अति संवेदनशील सूचीमा रहेको उनले बताए ।
उपनिर्वाचनलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा स्रोतले जनाएको छ । डाकनेश्वरी नगरपालिका क्षेत्रमा प्रहरीको पैदल गस्ती, चेकजाँच तीव्र पारिएको छ । मतदान केन्द्रमा खटिने सुरक्षाकर्मी कार्यक्षेत्रमा खटिइसकेका छन् ।
उपनिर्वाचन भइरहेका दुवै वडामा ८-८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
दुवै वडामा गत स्थानीय तहको निर्वाचनमा विजयी वडाध्यक्षको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


