प्रधानमन्त्री ओलीको सरकारी चीन भ्रमण टोली ३९ सदस्यीय हुने

काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ ।
प्रधानमन्त्री ओलीले आगामी मंसिर १७ देखि २० गतेसम्म चीनको भ्रमण गर्ने औपचारिक निर्णय भएको हो ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको बताइएको छ । सरकारी भ्रमण टोली ३९ सदस्यीय हुनेछ ।
भ्रमण टोलीमा निजी क्षेत्रबाट पनि ४८ जना सहभागी हुनेछन् ।
प्रधानमन्त्री ओलीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु देउवा राणा बिहीबार चीन गइसकेकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


