शैक्षिक संस्थाहरू खुलाउने विषयमा व्यापार संघले साझा संवाद गर्दै

जनकपुरधाम, ९ मंसिर । जनकपुधामका शैक्षिक संस्थाहरू खुलाउने विषयमा जनकपुरधाम उद्योग वाणिज्य संघले साझा संवाद गर्न लागेको छ ।
शैक्षिक संस्थाहरू बन्द रहेको सन्दर्भमा आइतबार सबै पक्षसँग संवाद गरि सोमबार साझा संवाद गर्न लागिएको हो ।
जनकपुरधाम उद्योग वाणिज्य संघका सचिव नरेन्द्र बिक्रम साहले सम्बन्धित सबै पक्षको कुरा सुन्दा समस्या निराकरणका लागि एउटा साझा संवादको खाँचो देखिएको बताए ।
उनले यथाशीघ्र शैक्षिक संस्थाहरू खुलाउने विषयउपर सबै पक्ष सकारात्मक देखिएकोसमेत जानकारी दिए ।
तीनै विषयउपर जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्वमा वृहत् छलफल गर्न सोमबार दिउँसो ३ बजे साझा संवादका लागि आह्वान गरिएको उनले बताए ।
सचिव साहले तबसम्मका लागि सम्बन्धित सबैलाई संयमता अपनाउन अनुरोध गरेका छन् ।
सोमबारको वृहत् छलफललाई सकारात्मक सावित गरि मंगलबार्देखि शैक्षिक संस्थाहरू खुलाउन आफूहरूको हरसम्भव प्रयास रहने सचिव साहले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


