लायन्स क्लब अफ जनकपुरधाम मिथिलाञ्चलद्वारा मधुमेह सम्बन्धि निःशुल्क जाँच र परामर्श

जनकपुरधाम, ७ मंसिर । लायन्स क्लब अफ जनकपुरधाम मिथिलाञ्चलले निःशुल्क मधुमेह सम्बन्धि जाँच र परामर्श शिविरको आयोजना गरेको छ ।
जनकपुरधामका विशेषज्ञ चिकित्सकहरूबाट शुक्रबार बिहान स्थानीय जनकचोकमा निःशुल्क मधुमेह जाँच र सचेतना कार्यक्रम गरेको हो ।
सो अवसरमा दर्जनौं विरामीले मधुमेह जाँच गराएर सचेतना कार्यक्रममा भाग लिएको बताइएको छ ।
मधुमेह जाँच गरिएका विरामीहरूलाई डा. प्रमोद कुमार झा (डि)लगायत विशेषज्ञ फिजिसियनहरुद्वारा निःशुल्क परामर्श प्रदान गर्नुका साथै निःशुल्क पोषण परामर्श पनि दिइएको थियो ।
डा. झाले मधुमेहको लक्षण र मधुमेहका विरामीले ध्यान दिनुपर्ने स्वास्थ्य सचेतना गराएका थिए ।
बदलिंदो जीवनशैली र खानपानमा आएको अस्वस्थ परिवर्तनका कारण नेपालमा मधुमेहका बिरामी ह्वात्तै बढिरहेका छन् ।
डा. झाले भने, ‘मधुमेहको लक्षणहरू देखापरे नजिकको स्वास्थ्य कार्यालयहरुमा गएर चिकित्सकको परामर्शमा उपचार सेवा सुरु गर्नु पर्दछ ।’
लायन्स क्लब अफ जनकपुरधाम मिथिलाञ्चलले विभिन्न स्वास्थ्य दिवसको अवसर पारेर निःशुल्क स्वास्थ्य सेवा र सचेतना कार्यक्रमहरु गर्दै आएको छ ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


