चेतनाको अभावमा बालबिवाह र छोरी शिक्षामा ड्रप आउट : मेयर यादव

जनकपुरधाम, ७ मंसिर । धनुषाको नगराईन नगरपालिकाका मेयर बिनय कुमार यादवले समुदायमा चेतनाको अभावका कारण बालबिवाह र छोरी शिक्षामा ड्रप आउट हुने गरेको बताएका छन् ।
नगराईन नगरपालिका वडा न.४ फुलगामा बजारमा खुल्ला रुपमा आयोजित एक कार्यक्रममा वक्ताहरुले समाजलाई दोष लगाएका छन् ।सेफ नेपालको आयोजना र नगराईन युवा सञ्जालको सहकार्यमा युथ डिस्कोर्स सेरिज अन्तर्गत बालबिवाह र छोरी शिक्षामा ड्रप आउट बिषयमा प्यानल डिस्कसन गरिएको छ ।
मेयर यादवले भने, ‘समाजमा कसैको कुरा कसैले सुन्दैन, छोराछोरीहरुले गल्ति गरेको बिषयमा आमाबुवालाई भनेपछि विश्वास नगर्ने, समस्या परेपछि गुहार गर्ने प्रवृति हाबी छ । बालबिवाह खासगरि दलित समुदायमा बढी हुने गरेको छ । पालिकामा अल्पमत रहेकोले समाजलाई सुधार गर्ने नीति तथा कानुनहरु बनाउन सकिएको छैन् । अल्पमतमा परेको कारण नगर सभा पनि हुन् नसकेकोले पालिकाको सबै कामकाज ठप्प छ ।’
पालिकामा नीति छैन र केन्द्र सरकारको नीतिलाई कार्यान्वयन गर्न खोजेपनि विपक्षी पार्टीहरुले काम गर्न नदिएको वडा अध्यक्ष राजकुमार ठाकुरले बताए ।
बालबिवाहका कारण छोरीहरु बीचमै पढाई छोड्न बाध्य छन् । सामाजिक कुरीतिका कारण छोरीहरु घरबाट भाग्ने गरेकोले पनि अभिभावकहरुले बालबिवाह गरि दिने गरेको दलित महिला वडा सदस्य तेतरी देवी महराले बताइन् ।
‘भर्खरै शिक्षक पेशाबाट सेवा अवकाश पाएको छु । मेरो जिवन कालमा धेरै महिलाहरुलाई पढ्नु पर्छ भनेको हो तर उहाँहरु भन्नु हुन्थ्यो पढेर के गर्ने बल्कि गाइ बाख्रा पालेर जीवन चलाउन सकिन्छ । खास गरि डोम मुसहर समुदायमा छोरीलाई एक दमै कम पढाउने गरेको छ । सरकारको नीति छ तर व्यवहारमा छैन के गर्ने । पछाडी परेको समुदायलाई बाध्यकारी व्यपस्था लागु गराउनु पर्ने आवश्यकता छ, ‘पूर्वशिक्षिका उर्मिला वर्माले बताइन ।
समाजका धेरै मानिसहरुलाई भने छोरीलाई पढाउनु पर्छ । तर, तत्कालको फाइदाका कारण छोरीहरुलाई नपढाउने र बालबिवाह गरि पठाउने गरिएको सामाजिक अगुवा राम जीवन साहले बताए ।
यता, प्रहरीले नीति तथा कानुन पालन गर्ने हो तर सघसंस्थाहरुले पनि जनचेतना फैलाउने काम गर्नु पर्छ । बालबिवाह भएको कुरामा प्रहरीले रोक्ने हो । तर, समाजले २० बर्षभन्दा पहिले बिवाह गर्नु हुँदैन भन्ने कुराको जनचेतना फैलाउनु आयश्यक रहेको प्रहरी सहायक निरीक्षक श्यामबाबु यादवले बताए ।
समाजमा शिक्षा र सचेत नागरिकहरुको अभावका कारण छोरीहरुले पढाईकै बिचमा शिक्षामा ड्रप आउट गरि घरको कामकाजमा लगाउने र विवाहवारी गरि घरपरिवार बसाउने गरिएको देखिन्छ । समाजका विभिन्न सामाजिक मुल्य मान्यताका कारण पढाउनु भन्दा बिवाह गरि अभिभाबकहरुले जिम्मेवारी पुरा गर्ने गरेकोले छोरीहरु शिक्षाबाट ड्रप आउट हुने गरेका छन् ।
द एसिया फाउन्डेशनको मुख्य कार्यान्वयन संस्था रहेकोमा युएस आइडी नागरिक समाज मिडिया कार्यक्रम अन्तर्गत सामाजिक परिवर्तनका लागि युवा परियोजनाले धनुषाको चारवटा पालिकामा युवा सञ्जाल गठन गरि युवा, महिला र सिमान्तकृत समुदायको लागि काम गरिरहेको छ ।
प्यानल डिस्कसनमा कार्यक्रममाथि प्रकाश तथा संस्था एवम् परियोजना र आचारसंहिताको बारेमा सेफ नेपालका संयोजक तथा मानव अधिकारकर्मी विनोद महराले प्रस्तुत गरेका थिए । कार्यक्रममा युवा सञ्जालको तर्फबाट श्याम नन्दन ठाकुरले संचालन प्रश्न गर्दै वक्ताहरुलाई सवाल जवाफ गरेका थिए । सहभागीहरु मध्ये ५ जनाले वक्ताहरुलाई प्रश्न गरेका थिए र वक्ताहरुले सहभागीहरुको प्रश्नको जवाफ दिएका थिए ।
कार्यक्रमको अध्यक्षता नगराईन युवा सञ्जालका अध्यक्ष अमृत राउतले गरेका थिए भने कार्यक्रमको शुरुवात सेफ नेपालका कार्यक्रम अधिकृत प्रतिभा झाले गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


