जनकपुरधामका शैक्षिक संस्थाहरु आइतबारदेखि खुल्ने सम्भावना

जनकपुरधाम, ६ मंसिर । जनकपुरधामका शैक्षिक संस्थाहरु आइतबारदेखि खुल्ने सम्भावना देखिएको छ ।
बिहीबार जनकपुरधाम उपमहानगरपालिका र आन्दोलनरत पक्षबीच भएको वार्ता सकारात्मक भएकोले शैक्षिक संस्थाहरु आइतबारदेखि खुल्ने सम्भावना बढेको हो ।
वार्ताको क्रममा आन्दोलनरत पक्षले प्रस्तुत गरेका विषयमा तत्काल सम्बोधन गर्न उपमहानगरले प्रतिवद्धता व्यक्त गरेकोले आन्दोलन स्थगित हुनसक्ने देखिएको हो । तथापि यस विषयमा अन्तिम निर्णय भने हुन सकेको छैन ।
उपमहानगरको तर्फबाट भएको प्रतिवद्धता र सकारात्मक पहलका निम्ति धन्यवाद दिँदै शुक्रबार पुनः वार्ताका लागि समय निर्धारण गरिएको र त्यो अन्तिम वार्ता हुन सक्ने एनप्याब्सन जनकपुरधामका नगर अध्यक्ष दिपक ठाकुरले बताए ।
यता, नगरप्रमुख मनोज कुमार साहले पनि आन्दोलनरत पक्षसँगको बिहीबारको वार्तामा ८० प्रतिशत सहमति जुटिसकेको र शुक्रबार हुने अन्तिम वार्ताले सहमतिको निष्कर्ष लाग्ने भएकाले आइतबारदेखि शैक्षिक संस्थाहरु खोल्न आग्रह गरिएको बताए ।
हिसान, एनप्याब्सन र प्याब्सन शैक्षिक संस्थाहरु बन्द गरि केही दिनदेखि आन्दोलनमा उत्रिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


