सर्वपक्षीय संवेदनशीलता अपरिहार्य : पूर्व नगरप्रमुख साह

जनकपुरधाम, ६ मंसिर । जनकपुरधाम उपमहानगरपालिकाका पूर्व नगरप्रमुख लालकिशोर साहले शैक्षिक संस्थाहरुलाई यथाशिघ्र सञ्चालन गर्न अपील गरेका छन् ।
पूर्व नगरप्रमुख साहले उपमहानगर क्षेत्र अन्तर्गतका निजी/संस्थागत विद्यालयहरूलाई यथाशिघ्र सञ्चालन गर्न अपील गरेका हुन् ।
उनले उपमहानगर क्षेत्र अन्तर्गतका निजी/संस्थागत विद्यालयहरू अनिश्चितकालका लागि बन्द हुँदा हजारौं बालबालिकाहरु पठनपाठनबाट वञ्चित भएको बताउँदै शिक्षा जस्तो अति महत्वपूर्ण एवं सम्वेदनशील क्षेत्रको अस्तव्यस्तता र अनिश्चितताले समाजको भविष्यलाई नै प्रतिकूलताको मार्गमा अग्रसर गराउने बताएका छन् ।
पूर्व नगरप्रमुख साहले सम्पूर्ण सरोकारवाला पक्षहरूलाई गम्भीर भएर अविलम्ब समस्या समाधानको मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।
उनले भने, ‘बालबालिकाको भविष्यलाई दृष्टिगत गरी आ–आफ्नो आग्रह/पूर्वाग्रहलाई त्याग गरेर अविलम्व विद्यालयहरू सञ्चालन गर्न/गराउन विद्यालय व्यवस्थापन, विद्यालय सञ्चालकहरुको संगठनहरु, विद्यार्थीवर्ग, विद्यार्थी संघसंगठनहरु, जनकपुरधाम उपमहानगरपालिका, नागरिक समाज तथा सम्पूर्ण सरोकारवाला पक्षहरूसंग हार्दिक अपील गर्दछु ।’
निजी विद्यालय तथा विद्यार्थीहरुको आन्दोलनका कारण जनकपुरधामका विद्यालयहरुमा पठनपाठन बन्द रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


