जनलोकपाल आयोगद्वारा प्रदेश प्रमुखसमक्ष तेस्रो प्रतिवेदन पेश

जनकपुरधाम, ७ कार्तिक । मधेश प्रदेशका प्रमुखसमक्ष जनलोकपाल आयोगले आफ्नो तेस्रो वार्षिक प्रतिवेदन पेश गरेको छ ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष प्रदेश जनलोकपाल आयोगका अध्यक्ष रामसहाय राय यादवको नेतृत्वमा गएको टोलीले बुधबार आर्थिक वर्ष २०८०/०८१ मा सम्पादन भएको कार्यसहितको विवरण समेटिएको तेस्रो वार्षिक प्रतिवेदन पेस गरेको हो ।
‘प्रदेश जनलोलपाल ऐन, २०७७’ को दफा (३१) को उपदफा (१) व्यवस्थाबमोजिम प्रतिवेदन पेस भएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले बताए ।
सो अवसरमा जनलोकपालका सदस्यहरू राजकिशोरप्रसाद साह, शोभाकुमारी महतोलगायतकाहरूको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


