जनकपुरधाम, २५ असोज । जनकपुरधामस्थित प्रसिद शक्तिपीठ माता राजदेवी मन्दिरमा यसवर्ष १५ हजार ४ बोकाको बलीप्रदान गरिएको छ । महाअष्टमीको दिन बिहीबार करिब साढे ७ घण्टामा राजदेवी मन्दिरमा १५ हजार ४ बोकाबली प्रदान गरिएको हो । राति ८ बजेर ३५ मिनेटमा सुरु भएको बोकाबली प्रदान बिहान ४ बजेर ५ मिनेटसम्म चलेको थियो ।

मन्दिरमा बलिको लागि ४ वटा ठेहा (बोकाबली प्रदान गर्ने ठाउँ) को व्यवस्था स्थानीय महावीर युवा कमिटीले गरेको थियोे । कमिटीका अनुसार प्रत्येक ठेहामा ३० देखि ३५ वटासम्म बोकाबली प्रदान गर्ने व्यवस्था मिलाइएको थियो ।

यसवर्ष रसिद काटेर १४ हजार ६ सय ५२, कमिटीका ९, निशुल्क २ सय ५० र विभिन्न पत्रको आधारमा ९३ गरि कुल १५ हजार ४ बोकाबली प्रदान भएको महावीर युवा कमिटीका अध्यक्ष अजय कुमार गुप्ताले जानकारी दिए ।

कमिटीले हरेक टाउको वापत ३ सय रुपैयाँ दस्तुर तोकेको थियो । बोका ली प्रदान वापत यसवर्ष कमिटीले ४३ लाख ९५ हजार ६ सय रुपैयाँ आयआर्जन गरेको छ । सो मध्ये १० प्रतिशत रकम मन्दिरको कोषमा जम्मा गर्ने कमिटीले जनाएको छ ।

राजदेवी मन्दिरमा चढाइएको पछिल्लो तथ्यांकअनुसार २०६५ सालमा ११ हजार १ सय ३४, २०६६ सालमा ११ हजार ७ सय ९०, २०६७ सालमा १३ हजार ५ सय ५२, २०६८ सालमा १२ हजार ५ सय ६१, २०६९ सालमा १४ हजार ७ सय ५४, २०७० सालमा १४ हजार ७ सय २१, २०७१ सालमा १५ हजार ४ सय ६१, २०७२ सालमा १३ हजार ८ सय १, २०७३ सालमा १४ हजार ६ सय १७, २०७४ सालमा १२ हजार ४ सय ४७, २०७५ सालमा १४ हजार ९ सय ९७ वटा बोकाको बली चढाइएको थियोे ।

त्यस्तै २०७६ सालमा १४ हजार ६ सय ३३, २०७७ सालमा ११ हजार ३ सय ५६, २०७८ सालमा १४ हजार ९ सय ४१ र २०८० सालमा १५ हजार २ सय ५१ वटा बोकाको बलीप्रदान गरिएको थियो ।