बाढी–पहिरोमा परेर मृत्यु हुनेको संख्या २४६ पुग्यो

काठमाडौं, २१ असोज । असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढी पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या २४६ पुगेको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार सोमबारसम्म १७८ जना घाइते भएका छन् । १८ जना बेपत्ता रहेको गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।
उनका अनुसार कूल १७ हजार १७४ जनाको उद्धार गरिएको छ । सबैभन्दा ठूलो जनधनको क्षति बागमती प्रदेशमा भएको र त्यसमा पनि काठमाडौँ उपत्यकामा धेरै क्षति भएको छ । बागमतीमा मात्रै १३९ जनाको मृत्यु भएको छ ।
मृतकमध्ये १७६ जना आश्रित परिवारलाई ‘विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०७७’ बमोजिम राहत रकम उपलब्ध गराइएको छ । प्रभावित परिवारलाई नगद सहायता तथा राहत सामग्री वितरण जारी रहेको उनले जानकारी दिए ।
विभिन्न राजमार्गका अवरोध हटाइ वा वैकल्पिक व्यवस्था गरी सञ्चालन गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


