घुससहित पक्राउ परेका जनकपुरधामका एक वडाध्यक्ष र वडासचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर

जनकपुरधाम, १४ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधाम उपमहानगरपालिकाका एक वडाध्यक्ष र वडासचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष उपेन्द्र सहनी र वडासचिव उपेन्द्र साहु तेलीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले घरबाटो प्रमाणित गरिदिने नाममा गत भदौ २५ गते जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ घर भएका एकजना सेवाग्राहीसँग ४ लाख ५० हजार रुपैयाँ घुस रकम लिएको अवस्थामा दुबैजनालाई पक्राउ गरेको थियो ।
अख्तियारले सहनी र तेलीसहित कार्यालय सहयोगी विजय मण्डलले घुस रकम लिएको प्रमाणित भएकोले मुख्य आरोपी बनाउँदै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


