बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या २ सय पुग्यो, १२७ जना घाइते

जनकपुरधाम, १४ असोज । बाढी पहिरो र डुबान लगायतका प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या २ सय पुगेको छ ।
नेपाल प्रहरीका अनुसार सोमबार साढे ३ बजेसम्मको अवधिमा बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या २ सय पुगेको हो ।
त्यस्तै घाइते १२७ र बेपत्ता २६ जना रहेका छन् । प्रहरीका अनुसार विपतमा परेका ४२ सय २२ जनाभन्दा बढीको उद्धार भएको छ ।
असोज १० देखि १२ गतेसम्म लगातार परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकासहित विभिन्न जिल्ला प्रभावित भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


