‘सिधाकुरा’का प्रकाशक र सम्पादकलाई ३ महिना कैदको फैसला

काठमाडौं, १३ असोज । सर्वोच्च अदालतले ‘सिधाकुरा’का प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला सुनाएको छ ।
सर्वोच्चले ‘सिधाकुरा’ले प्रकाशन गरेको सामग्रीले अदालतको अवहेलना गरेको ठहर गर्दै सिधाकुराका सम्पादक युवराज कँडेल र नवीन ढुंगानालाई जनही ३ महिना कैद सजाय सुनाएको हो ।
सर्वोच्चका प्रधान न्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिम्सिनालाई ६ महिना कैद सजाय सुनाएको छ ।
त्यस्तै, सिधाकुराका सम्पादक युवराज कँडेल र नवीन ढुंगानालाई जनही ३ महिना कैद सजाय सुनाइएको हो । यद्यपि, माफी मागे ७ दिनमात्र कैद बस्नुपर्ने फैसलामा उल्लेख छ ।
उनीहरूलाई जनही ५ हजार रुपैयाँ जरिवाना पनि ठहर भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


