काठमाडौं, १३ असोज । देशका विभिन्न नदीहरूमा जलस्तर खतराको तह पार गरेको छ । आइतबार साँझ ६ बजेको तथ्याङ्क अनुसार विभिन्न ६ स्थानमा नदीहरूको जलस्तर खतराको स्तरमाथि रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको बालकुमारीमा मनोहरा नदी र ललितपुरको खोकनामा बागमती नदीको जलस्तरले खतराको तह पार गरेको छ । यद्यपि, त्यहाँ जलस्तर घट्ने क्रममा छ ।

उता, धनकुटामा अरुण नदी र तमोर नदी, सिन्धुलीमा सुनकोशी र भोजपुरमा सुनकोशी नदीको जलस्तर खतराको तहमाथि रहेको छ भने मकवानपुरमा बागमती नदी र सिन्धुपाल्चोकमा सुनकोशी नदीको जलस्तर उच्च रहेको छ ।