रौतहटमा बाढीमा डुबेर दुई तथा करेन्ट लागेर एक जनाको मृत्यु

रौतहट, १३ असोज । रौतहटमा नदीमा आएको बाढीमा डुबेर दुई तथा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको दुर्गाभगवती गाँउपालिकामा एक पुरुष र परोहा नगरपालिकामा एक बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार दुर्गाभगवती गाँउपालिका ४ का ३५ वर्षीय बच्चा भन्ने राजकुमार मुखियाको बाढीको पानीमा माछा मार्ने क्रममा चिप्लिएर मृत्यु भएको छ ।
त्यस्तै, परोहा नगरपालिकाको नरकटियामा घाँस काटन गएकी १४ वर्षीया छोरी आशा कुमारी साहको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।
उता, हान कलको पानी खाने क्रममा बौधिमाई–२ मा करेन्ट लाग्दा एक १४ वर्षीय बालक रामबाबु महतोको मृत्यु भएको छ । उनलाई विद्युतीय मोटर जडान गरिएको कलको पानी खाने क्रममा करेन्ट लागेको थियो ।
बाढीका कारण रौतहटमा घर भत्कीदा चार जना घाइते भएका छन भने मौलापुरमा चट्याङ्ग लाग्दा दुई जना घाइते भएको उपरीक्षक घिमिरेले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


