जनकपुरधाम, १२ असोज । देशभर गएको बाढी र पहिरोको घटनामा परेर हालसम्म ३७ जनाको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन् ।

यो तथ्याङ्क शुक्रबारदेखि शनिबार दिउँसो २ः४५ बजेसम्मको हो ।

हालसम्म घाइतेको सङ्ख्या ४ जना रहेको छ भने १ हजार २९८ जनाको सकुशल उद्धार गरिएको छ ।

त्यस्तै, १ सय ९५ वटा घरमा भौतिक क्षति पुगेको जानकारी प्राप्त भएको छ ।