काठमाडौं, ३ असोज । राष्ट्रिय मुक्ति क्रान्ति नेपाल समेत संलग्न रहेको बृहत् मोर्चाद्वारा माइतीघर मण्डलामा विशाल विरोध प्रदर्शन गरिएको छ ।

गैरन्यायिक सडक तथा खोलाको मापदण्ड खारेज गर, बहुलराष्ट्रिय राज्य कायम गर, असोज तिन कालो दिन, दलित अभियानको माग पुरा गर, भ्रष्टाचारीलाई कारवाही गर, सहकारी पीडितलाई न्याय दे, नेपाः मण्डल कायम गर, स्वदेशवाद जिन्दावादलगायतका नारा लगाइएको थियो ।

कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष राजेन्द्र महतो, सुमन सायमी, जुनतारा पुन मगर, बुद्ध छिरिङ मोक्तान, रबिन्द्र कुमार श्रेष्ठ, जितेन्द्र बज्राचार्य, गोपाल किराँती, कुशलव केसी लगायतका वक्ताहरुले आ–आफ्ना भनाइहरु राखेका थिए ।

राजेन्द्र महतो, सुमन सायमी, केशव झा, रबिन्द्र कुमार श्रेष्ठ, राजिव झा, पूर्वमन्त्री राम नरेश राय, पूर्वमन्त्री ओमप्रकाश गुल्जारी लगायत सबैजना सडकमा सुतेर उपत्यकावासीलाई घरबारविहिन बनाउने फैसलाको विरोध गरेका थिए ।
सहभागीहरुले संविधान जलाएर संविधानकोसमेत विरोध गरेका थिए ।