काठमाडौं, ३ असोज । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नी श्रीमती सोनी सिन्धु रानीबाट असुरक्षित भएको भन्दै ललितपुरस्थित प्रहरी प्रभाग इमाडोलमा निवेदन दिएका छन् । राउतले केही दिनअघि मात्र सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका थिए ।

राउतले श्रीमती माइत मात्रै बस्ने गरेको भन्दै जिल्ला अदालत ललितपुरमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेका थिए । उनले भदौ १२ गते सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका थिए ।

सम्बन्धविच्छेदको मुद्दा दर्ता भएपछि राउतले श्रीमती सोनीबाट असुरक्षित भएको भन्दै निवेदन दिएका थिए । त्यसको केही दिनपछि उनकी पत्नी सोनीले पनि सुरक्षाको माग गर्दै प्रहरी गुहारेकी हुन् । यद्यपि, प्रहरीले उनको निवेदन दर्ता गरेको छैन ।