लोसपा संसदीय दलको नेतामा सोनल चयन

जनकपुरधाम, ३० भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन् । लोसपाले सोनललाई आइतबार मधेश प्रदेशसभाको संसदीय दलको नेता चयन गरेको हो ।
यसअघि संसदीय दलका नेता रहेका प्रदेशसभा सदस्य अभिराम शर्मा सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा अदालतबाट दोषी ठहर भएपछि प्रदेशसभा सचिवालयले उनलाई निलम्बन गरेको थियो । अदालतले दोषी ठहर गरेपछि शर्मा सम्पर्कमा आएका छैनन् ।
मधेश प्रदेशको बाराबाट प्रदेशसभा सदस्यमा निर्वाचित सोनल लोसपाका मधेश प्रदेश अध्यक्ष पनि हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


