पुरुषोत्तम दासको संयोजकत्वमा राष्ट्रिय मुक्ति क्रान्तिको विद्यार्थी समिति गठन

काठमाडौं, २९ भदौ । त्रिभुवन विश्वविद्यालयको सेडा हलमा राष्ट्रिय मुक्ति क्रान्तिको संवादात्मक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका नेता कौशल कुमार सिंहले देश एकल भएको र एक पक्षीय रुपले मात्र देश संचालन गर्ने गरेकाले देशमा समस्या रहेको बताएका हुन् ।
पश्चिमा सभ्यताले शिक्षा क्षेत्रमा ल्याएको विकृतिलेले हाम्रो सभ्यता र संस्कृतिमाथि प्रहार गरेको भन्दै नेता सिंहले अब देश बहुल राष्ट्रिय राज्यमा र हाम्रो सभ्यता र संस्कृति अनुसारको राष्ट्रिय शिक्षा नीति बन्नुपर्ने धारणा राखे । उनले अहिलेको शिक्षाले जुन आवश्यकता सृजना गरेको छ त्यो आवश्यकताको पूर्ति देशभित्र यूवाहरुले पाउन नसक्दा विदेशिने गरेको बताए ।
नेता सिंहले देशमा राष्ट्रिय मुक्ति क्रान्ति गर्न सबै एकजुट हुनुपर्ने र विद्यार्थीहरुले आफ्नो भविष्यको लागि अहिलेका ठग, बेइमान, दलाल नेताहरुसंग प्रश्न गर्न सक्नुपर्ने बताए ।
राष्ट्रिय मुक्ति क्रान्तिका विद्यार्थी इन्चार्ज पंकज देवको सभापतित्वमा सम्पन्न कार्यक्रमले पुरुषोत्तम दासको संयोजकत्वमा ११ सदस्यीय ईकाइ समिति गठन गरेको छ । समितिको सदस्यहरुमा रविन्द्र यादव, विन्देश्वर कुमार साह, राजेश दास, संदीप दास, रजनीश कुमार महतो, लक्ष्मण साह, रमेश कुमार महतो, रोहित यादव र सतीश साह तेली रहेका छन् ।
यो समितिले आगामी दिनमा वृहत समिति गठन गरी संगठन विस्तार गर्ने संयोजक दासले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


